• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के व्यापार युद्ध मुद्रा युद्ध बन्ला?

64x64
नेपाल लाइभ शनिबार, असोज २७, २०७५  ०१:१९
1140x725

डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिमा नियुक्त हुनुपूर्व नै चिनियाँहरुले आर्थिक फाइदाका लागि आफ्नो मुद्राको गलत प्रयोग गरेको आरोप लगाएका थिए, जुन कुरामा उनी सत्यको नजिक थिएनन्। तर, हाल अमेरिका र चीनबीच चलेको व्यापार युद्धका कारण चिनियाँहरुले आफ्नो मुद्राको मूल्य घटाइ रहेका छन्। यस्तो काम नगर्न अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनले चीनलाई बारम्बार चेतावनी दिइरहेको छ।

_x000D_ _x000D_

अमेरिकाले सुरु गरेको व्यापार युद्धको चीनले पनि प्रतिकार गरिरहेको छ। अमेरिकाले चिनियाँ सामान विशेषगरी कृषि समाग्रीमा २ सय पचास अमेरिकी डलर थप कर लगाएको छ। जसको प्रतिकारमा चीनले पनि अमेरिकाले आयत गर्ने चिनियाँ समानभन्दा कम सामान अमेरिकाबाट आयात गर्न थालेको छ। यस्तै, चीनले पनि अमेरिकाले लगाएको थप कर कै हाराहारीमा अमेरिकी समानमा करको दायरा बढाएको छ। चीनले अमेरिकासँग हुँदै गरेको व्यापार युद्धबाट उम्किन अन्य उपायसमेत अपनाउन थालेको छ। सँगसँगै अमेरिकी विदेश नीतिलाई निस्तेज पार्ने प्रयास पनि गरेको छ।

_x000D_ _x000D_

अमेरिकाले सुरु गरेको व्यापार युद्ध विरुद्ध चीनले शक्तिशाली र खतरनाक आर्थिक हतियार प्रयोग गर्ने सम्भावना पनि रहेको बताइएको छ। वसन्त र ग्रीष्मयामको बीचतिर बेइजिङले अमेरिकाले आफ्ना उत्पादनमा लगाएको थप करसँग लड्न र अमेरिकालाई दुःख दिन आफ्नो मुद्रा स्फिति गर्ने तरिका अपनाएको थियो। चिनियाँ मुद्रा अघिल्ला वर्षहरुको तुलनामा अमेरिकी डलरभन्दा ९ प्रतिशतले कमजोर भएको छ। जसका कारण चिनियाँ सामान निर्यात निक्कै सस्तो भएको छ, भने यसका कारण अमेरिकालाई नै असर पुर्‍याएको देखिन्छ।

_x000D_ _x000D_

चिनियाँ मुद्रा युआन (जसलाई रेन्मिबी पनि भनिन्छ)को स्फिति यो हदसम्मको तीब्र गतिमा हुनुमा बेइजिङको एउटा निर्णय नै काफि थियो। बेइजिङले चाहेको भए उसको मुद्रा स्फितिलाई रोक्न सक्थ्यिो। किनभने हालपनि बेइजिङले उसको मुद्रालाई नियन्त्रण गरिरहेको हुन्छ। चिनियाँ व्यापार विशेषज्ञहरु ट्रम्पको व्यापार युद्धको प्रतिउत्तरमा अझै पनि आफ्नो मुद्राको मूल्य घटाउने दाबी गर्छन्।

_x000D_ _x000D_

‘यो वासिङटनलाई बेइजिङको खुला चेतावनी हो’, अन्तर्राष्ट्रिय आर्थिक संस्थाका प्रमुख रोविन बु्रकले भने, ‘तिमीले गरेका सबै कामलाई हामी स्वीकार्दैनौँ। यदी तिमी हाम्रा सामानमा थप कर लगाउँछौँ भने हाम्रो मुद्राको मूल्य अझै घट्नेछ र तिमी व्यापार युद्ध पहिला मुद्रा युद्ध गर्न तयार रहनुपर्ने हुन्छ।’

_x000D_ _x000D_

व्यापार युद्ध बढ्दै जाँदा चिनियाँ मुद्रा युआनको मूल्य घटाउने निर्णय चीनका लागि सजिलो उपाय थियो। हाल युआनको मूल्य घट्दा यसले चिनियाँ अर्थतन्त्रलाई खासै असर गर्ने देखिँदैन। कारण, यसअघि चिनियाँ मुद्राको मूल्य निकै बढेको थियो र बढेकै मूल्य हाराहारीमा घट्दा यसले चीनलाई खासै असर नगर्ने देखिन्छ।

_x000D_ _x000D_

हाल चिनियाँ मुद्राको मूल्य घट्नुको पछाडि अन्य कारण पनि छन्। अमेरिकाले आफ्नो ब्याजदर अपेक्षाकृत रुपमा बढाउँदा त्यसले चिनियाँ ब्याजदरलाई विकर्षण गर्छ। जसका कारण चिनियाँ मुद्राको मूल्य स्वतः कम हुन आउँछ। चिनियाँ केन्द्रीय बैंकले धेरै पैसालाई बैंकिङ प्रणालीमा ल्याउने प्रयास गरेकोले पनि चिनियाँ मुद्राको मूल्य अनपेक्षित रुपमा घट्दै गएको हो।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
_x000D_ _x000D_

ट्रम्पले व्यापार युद्धलाई अझै बढावा दिने संकेत गर्दैगर्दा चीनले गएको ग्रिष्ममा अपनाएको मुद्रा स्फितिको उपायलाई पनि बढाउने लक्षण देखिन्छ। यसले अमेरिका र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप तनाबपूर्ण बनाउने छ।

_x000D_ _x000D_

गएको सेप्टेम्बरमा अमेरिकाले चिनियाँ २ सय बिलियन बराबरको समानमा १० प्रतिशत कर थप गरेको थियो भने यो आगामी जनवरीसम्म बढेर २५ प्रतिशतसम्म पुग्नसक्ने बताइएको छ। ट्रम्प प्रशासनले २ सय ६७ बिलियन अमेरिकी डलर बराबरको अमेरिकाले निर्यात गर्ने चिनियाँ समानमा अझै कर बढाउन सक्ने चेतावनी पनि दिइरहेको छ। बु्रकले आगामी वर्ष अमेरिकाले चिनियाँ समाग्रीमा थप २५ प्रतिशत कर बढाउने बताउँदै गर्दा चीनलाई थप व्यापार झट्का लाग्ने सम्भावना रहेको दाबी गर्छन्। बु्रकले भने, ‘यो पनि आँकलन गरिएको छ कि आगामी वर्ष अमेरिकाले चिनियाँ समान आयातमा २५ प्रतिशत कर लगाउँदा यस क्षेत्रका विज्ञहरुले अमेरिकी कदमको थप विरोध गर्ने छन्।’

_x000D_ _x000D_

अघिल्लो महिना न्यूयोर्कमा आयोजना भएको राष्ट्रसंघ महासभाको ७३औं अधिवेशनलाई सम्बोधनका क्रममा ट्रम्पले ‘व्यापार युद्धको सबै तहमा अमेरिकाले जितेको’ बताए पनि चीनले व्यापार युद्धबाट पछि हट्ने संकेत भने दिइरहेको छैन। ‘चीन व्यापार युद्धका कारण ब्ल्याकमेल र तनाबमा पर्दैन’, सोही मञ्चबाट सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले भनेका थिए।

_x000D_ _x000D_

तर, यही अवस्था बढ्दै गएको हकमा चिनियाँ मुद्रा स्फितिकरण चीन स्वयम्लाई नै प्रतिउत्पादक हुन सक्छ। यदी चीनले आफ्नो मुद्राको मूल्य यही रुपमा घट्दै जान दिने हो भने त्यो कहाँ र कहिले रोकिन्छ कसैले भन्न सक्ने स्थिति छैन। यसले चिनियाँ जनताको सेयर बजारप्रतिको आकर्षण बढ्नसक्ने सम्भावना रहन्छ। जुन चिनियाँ नेता र सरकारको नियन्त्रणभन्दा बाहिर जानसक्छ।

_x000D_ _x000D_

‘मूल्य घट्दै जानु भनेको उसको नीति परिर्वतन हुँदै गएको रुपमा व्याख्या हुने सम्भावना हुन्छ। जुन चीनका लागि चुनौतीको विषय पनि हो र यो कहिलेसम्म रहन्छ भन्ने थाहा छैन’, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामा प्रशासनका आर्थिक अधिकारी रहेका ब्रेड सेस्र्टरले भने।

_x000D_ _x000D_

‘यो लामो समय प्रभाव पार्ने निर्णय हुनसक्छ। किनभने चीन अहिले केही महिना अघिभन्दा दबावको स्थितिमा छ’, उनले भने, ‘यदि अमेरिकाले चिनियाँ समाग्रीमा थप २५ प्रतिशत कर लगायो भने यो पनि महत्वपूर्ण हुनेछ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

चीनले आफ्नो मुद्राको मूल्य निरन्तर घट्न दियो भने त्यसले चीनका विविध उद्देश्य पूर्ति भने गर्नसक्छ। तर, त्यसका लागि चीनले कुन हदसम्म आफ्नो मुद्राको मूल्य घट्न दिन्छ भन्ने मुख्य कुरा हो। मूल्य घट्दै जाँदा अमेरिकाले चिनियाँ समानमा लगाएको थप करले चीनलाई भन्दा अमेरिकालाई बढी प्रभावमा पार्छ। अब अमेरिकी कर बढावाले विश्व अर्थतन्त्रमा पार्ने प्रभावभन्दा चिनियाँ मुद्राको अवमूल्यनले पार्ने प्रभाव बढी हुनसक्छ।

_x000D_ _x000D_

चिनियाँ मुद्राको अवमूल्यनले बेइजिङका नीति निर्मातालाई समेत झस्काउने छ। यो कारणले गर्दा अमेरिकासहित विश्व कै सेयर मार्केटलाई बढाउने छ। चीनले २०१५ मा आफ्नो मुद्राको अवमूल्यन गर्दा विश्वभरको सेयर मार्केटमा ठूलै हलचल मच्चिएको थियो। आफ्ना कारणले विश्व सेयर मार्केटको मूल्य बढ्दा यसले अमेरिकी राष्ट्रपतिको ध्यान केन्द्रित गर्न सक्ने बु्रकको आँकलन छ।

_x000D_ _x000D_

यदी चीनमा व्यापार विज्ञहरुको विचारले ज्यादा महत्व पायो भने त्यसले चिनियाँ मुद्रालाई थप अवमूल्यन गर्न सक्नेछ भने सेयर मार्केटमा उतारचढाव गराएर अमेरिकी प्रयासलाई विफल पार्ने मत बढ्ने बु्रकको दाबी छ।

_x000D_ _x000D_

यस्तो अवस्थामा त्यसले चीनलाई पनि ठूलो संकटतर्फ लान सक्नेतर्फ भने सचेत हुन आवश्यक हुन्छ। २०१५–१६ मा चीनले आफ्नो मुद्रालाई कमजोर बनाउँदा चिनियाँ लगानीकर्ताहरुले चिनियाँ मुद्राको विकल्प खोज्नेतर्फ लागेको हामीले बिर्सन हुँदैन। चिनियाँ मुद्राको थप अवमूल्यनले चिनियाँ लगानीकर्ता बाहिरिने खतरालाई जीवित रहन्छ। यदि चीनले लगानी बाहिरिने अवस्था रोक्नसके त्यसले चिनियाँ मुद्रालाई थप अवमूल्यन गर्नेछ।

_x000D_ _x000D_

अब यहाँ ठूलो प्रश्न रहन्छ, के चिनियाँ नीतिनिर्माता व्यापार युद्धले चिनियाँ अर्थतन्त्रलाई खतरा पुर्‍याउने कुरामा सचेत छन्? वा चिनियाँ मुद्राको थप अवमुल्यन हुँदा चिनियाँ लगानी बाहिरिने सम्भावनालाई कसरी लिएका छन्?

_x000D_ _x000D_

‘२०१५ को मुद्रा अवमूल्यनले चीनलाई कुन हदसम्म तर्सायो भन्ने त हामीलाई थाहा छैन तर, उनीहरु मुद्रा अवमूल्यनलाई हतियारको रुपमा प्रस्तुुत गर्ने स्थितिमा छैनन् भन्ने आधार प्रसस्त छन्’, सेस्र्टर भन्छन्, ‘के चीनसँग चिनियाँ लगानी बाहिरिने खतरा रोक्ने सामथ्र्य छ, जसले उनीहरुलाई थप संकटमा पार्दैन?’

_x000D_ _x000D_

कमजोर चिनियाँ मुद्राले आन्तरिक रुपमा चीनलाई नै प्रभाव पार्छ। यसले बढ्दो क्रममा रहेको अरु अर्थतन्त्रलाई पनि धरायसी बनाउने छ। जसले चीनले विश्वका धेरै ठाउँमा गरेको लगानीलाई धरापमा पार्ने छ र ऋणको भार बढाउने छ। चिनियाँ मुद्राको अवमूल्यनले जापान र युरोपियन युनियनलाई चिढ्याउने छ। जसका कारण चीनको व्यापार शैलीबाट त्रसित रहेका उनीहरुलाई अमेरिकाको साथमै रहन थप बल प्रदान गर्ने निश्चित छ।

_x000D_ _x000D_

चीनका लागि यसको विकल्प भनेको आफ्नो मुद्रालाई अवमूल्यन नगर्नु नै हो। यसको सट्टा २०१५–१६ मा जस्तै चीनले आफ्नो विदेशी मुद्रा सञ्चितिकरणमा बढावा दिँदा राम्रो हुन्छ। यसले वासिङटनलाई खुसी बनाउनुका साथै अमेरिकाले लगाउँदै आएको चीनले अनावश्यक रुपमा आफ्नो मुद्रा अवमूल्यन गरेको आरोप पनि केही हदसम्म कम हुन्छ।

_x000D_ _x000D_

पत्रकार जाेन्सन फरेन पाेलिसी डट कमका लागि 'विश्व भू-अर्थतन्त्र' विषयमा लेख्छन्।

_x000D_ _x000D_

भावानुवाद : पुरुषाेत्तम पाैडेल

प्रकाशित मिति: शनिबार, असोज २७, २०७५  ०१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी
यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी सोमबार, माघ १९, २०८२
यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी सोमबार, माघ १९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै सोमबार, माघ १९, २०८२
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्