डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिमा नियुक्त हुनुपूर्व नै चिनियाँहरुले आर्थिक फाइदाका लागि आफ्नो मुद्राको गलत प्रयोग गरेको आरोप लगाएका थिए, जुन कुरामा उनी सत्यको नजिक थिएनन्। तर, हाल अमेरिका र चीनबीच चलेको व्यापार युद्धका कारण चिनियाँहरुले आफ्नो मुद्राको मूल्य घटाइ रहेका छन्। यस्तो काम नगर्न अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनले चीनलाई बारम्बार चेतावनी दिइरहेको छ।
_x000D_
_x000D_
अमेरिकाले सुरु गरेको व्यापार युद्धको चीनले पनि प्रतिकार गरिरहेको छ। अमेरिकाले चिनियाँ सामान विशेषगरी कृषि समाग्रीमा २ सय पचास अमेरिकी डलर थप कर लगाएको छ। जसको प्रतिकारमा चीनले पनि अमेरिकाले आयत गर्ने चिनियाँ समानभन्दा कम सामान अमेरिकाबाट आयात गर्न थालेको छ। यस्तै, चीनले पनि अमेरिकाले लगाएको थप कर कै हाराहारीमा अमेरिकी समानमा करको दायरा बढाएको छ। चीनले अमेरिकासँग हुँदै गरेको व्यापार युद्धबाट उम्किन अन्य उपायसमेत अपनाउन थालेको छ। सँगसँगै अमेरिकी विदेश नीतिलाई निस्तेज पार्ने प्रयास पनि गरेको छ।
_x000D_
_x000D_
अमेरिकाले सुरु गरेको व्यापार युद्ध विरुद्ध चीनले शक्तिशाली र खतरनाक आर्थिक हतियार प्रयोग गर्ने सम्भावना पनि रहेको बताइएको छ। वसन्त र ग्रीष्मयामको बीचतिर बेइजिङले अमेरिकाले आफ्ना उत्पादनमा लगाएको थप करसँग लड्न र अमेरिकालाई दुःख दिन आफ्नो मुद्रा स्फिति गर्ने तरिका अपनाएको थियो। चिनियाँ मुद्रा अघिल्ला वर्षहरुको तुलनामा अमेरिकी डलरभन्दा ९ प्रतिशतले कमजोर भएको छ। जसका कारण चिनियाँ सामान निर्यात निक्कै सस्तो भएको छ, भने यसका कारण अमेरिकालाई नै असर पुर्याएको देखिन्छ।
_x000D_
_x000D_
चिनियाँ मुद्रा युआन (जसलाई रेन्मिबी पनि भनिन्छ)को स्फिति यो हदसम्मको तीब्र गतिमा हुनुमा बेइजिङको एउटा निर्णय नै काफि थियो। बेइजिङले चाहेको भए उसको मुद्रा स्फितिलाई रोक्न सक्थ्यिो। किनभने हालपनि बेइजिङले उसको मुद्रालाई नियन्त्रण गरिरहेको हुन्छ। चिनियाँ व्यापार विशेषज्ञहरु ट्रम्पको व्यापार युद्धको प्रतिउत्तरमा अझै पनि आफ्नो मुद्राको मूल्य घटाउने दाबी गर्छन्।
_x000D_
_x000D_
‘यो वासिङटनलाई बेइजिङको खुला चेतावनी हो’, अन्तर्राष्ट्रिय आर्थिक संस्थाका प्रमुख रोविन बु्रकले भने, ‘तिमीले गरेका सबै कामलाई हामी स्वीकार्दैनौँ। यदी तिमी हाम्रा सामानमा थप कर लगाउँछौँ भने हाम्रो मुद्राको मूल्य अझै घट्नेछ र तिमी व्यापार युद्ध पहिला मुद्रा युद्ध गर्न तयार रहनुपर्ने हुन्छ।’
_x000D_
_x000D_
व्यापार युद्ध बढ्दै जाँदा चिनियाँ मुद्रा युआनको मूल्य घटाउने निर्णय चीनका लागि सजिलो उपाय थियो। हाल युआनको मूल्य घट्दा यसले चिनियाँ अर्थतन्त्रलाई खासै असर गर्ने देखिँदैन। कारण, यसअघि चिनियाँ मुद्राको मूल्य निकै बढेको थियो र बढेकै मूल्य हाराहारीमा घट्दा यसले चीनलाई खासै असर नगर्ने देखिन्छ।
_x000D_
_x000D_
हाल चिनियाँ मुद्राको मूल्य घट्नुको पछाडि अन्य कारण पनि छन्। अमेरिकाले आफ्नो ब्याजदर अपेक्षाकृत रुपमा बढाउँदा त्यसले चिनियाँ ब्याजदरलाई विकर्षण गर्छ। जसका कारण चिनियाँ मुद्राको मूल्य स्वतः कम हुन आउँछ। चिनियाँ केन्द्रीय बैंकले धेरै पैसालाई बैंकिङ प्रणालीमा ल्याउने प्रयास गरेकोले पनि चिनियाँ मुद्राको मूल्य अनपेक्षित रुपमा घट्दै गएको हो।
_x000D_
_x000D_

_x000D_
_x000D_
ट्रम्पले व्यापार युद्धलाई अझै बढावा दिने संकेत गर्दैगर्दा चीनले गएको ग्रिष्ममा अपनाएको मुद्रा स्फितिको उपायलाई पनि बढाउने लक्षण देखिन्छ। यसले अमेरिका र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप तनाबपूर्ण बनाउने छ।
_x000D_
_x000D_
गएको सेप्टेम्बरमा अमेरिकाले चिनियाँ २ सय बिलियन बराबरको समानमा १० प्रतिशत कर थप गरेको थियो भने यो आगामी जनवरीसम्म बढेर २५ प्रतिशतसम्म पुग्नसक्ने बताइएको छ। ट्रम्प प्रशासनले २ सय ६७ बिलियन अमेरिकी डलर बराबरको अमेरिकाले निर्यात गर्ने चिनियाँ समानमा अझै कर बढाउन सक्ने चेतावनी पनि दिइरहेको छ। बु्रकले आगामी वर्ष अमेरिकाले चिनियाँ समाग्रीमा थप २५ प्रतिशत कर बढाउने बताउँदै गर्दा चीनलाई थप व्यापार झट्का लाग्ने सम्भावना रहेको दाबी गर्छन्। बु्रकले भने, ‘यो पनि आँकलन गरिएको छ कि आगामी वर्ष अमेरिकाले चिनियाँ समान आयातमा २५ प्रतिशत कर लगाउँदा यस क्षेत्रका विज्ञहरुले अमेरिकी कदमको थप विरोध गर्ने छन्।’
_x000D_
_x000D_
अघिल्लो महिना न्यूयोर्कमा आयोजना भएको राष्ट्रसंघ महासभाको ७३औं अधिवेशनलाई सम्बोधनका क्रममा ट्रम्पले ‘व्यापार युद्धको सबै तहमा अमेरिकाले जितेको’ बताए पनि चीनले व्यापार युद्धबाट पछि हट्ने संकेत भने दिइरहेको छैन। ‘चीन व्यापार युद्धका कारण ब्ल्याकमेल र तनाबमा पर्दैन’, सोही मञ्चबाट सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले भनेका थिए।
_x000D_
_x000D_
तर, यही अवस्था बढ्दै गएको हकमा चिनियाँ मुद्रा स्फितिकरण चीन स्वयम्लाई नै प्रतिउत्पादक हुन सक्छ। यदी चीनले आफ्नो मुद्राको मूल्य यही रुपमा घट्दै जान दिने हो भने त्यो कहाँ र कहिले रोकिन्छ कसैले भन्न सक्ने स्थिति छैन। यसले चिनियाँ जनताको सेयर बजारप्रतिको आकर्षण बढ्नसक्ने सम्भावना रहन्छ। जुन चिनियाँ नेता र सरकारको नियन्त्रणभन्दा बाहिर जानसक्छ।
_x000D_
_x000D_
‘मूल्य घट्दै जानु भनेको उसको नीति परिर्वतन हुँदै गएको रुपमा व्याख्या हुने सम्भावना हुन्छ। जुन चीनका लागि चुनौतीको विषय पनि हो र यो कहिलेसम्म रहन्छ भन्ने थाहा छैन’, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामा प्रशासनका आर्थिक अधिकारी रहेका ब्रेड सेस्र्टरले भने।
_x000D_
_x000D_
‘यो लामो समय प्रभाव पार्ने निर्णय हुनसक्छ। किनभने चीन अहिले केही महिना अघिभन्दा दबावको स्थितिमा छ’, उनले भने, ‘यदि अमेरिकाले चिनियाँ समाग्रीमा थप २५ प्रतिशत कर लगायो भने यो पनि महत्वपूर्ण हुनेछ।’
_x000D_
_x000D_

_x000D_
_x000D_
चीनले आफ्नो मुद्राको मूल्य निरन्तर घट्न दियो भने त्यसले चीनका विविध उद्देश्य पूर्ति भने गर्नसक्छ। तर, त्यसका लागि चीनले कुन हदसम्म आफ्नो मुद्राको मूल्य घट्न दिन्छ भन्ने मुख्य कुरा हो। मूल्य घट्दै जाँदा अमेरिकाले चिनियाँ समानमा लगाएको थप करले चीनलाई भन्दा अमेरिकालाई बढी प्रभावमा पार्छ। अब अमेरिकी कर बढावाले विश्व अर्थतन्त्रमा पार्ने प्रभावभन्दा चिनियाँ मुद्राको अवमूल्यनले पार्ने प्रभाव बढी हुनसक्छ।
_x000D_
_x000D_
चिनियाँ मुद्राको अवमूल्यनले बेइजिङका नीति निर्मातालाई समेत झस्काउने छ। यो कारणले गर्दा अमेरिकासहित विश्व कै सेयर मार्केटलाई बढाउने छ। चीनले २०१५ मा आफ्नो मुद्राको अवमूल्यन गर्दा विश्वभरको सेयर मार्केटमा ठूलै हलचल मच्चिएको थियो। आफ्ना कारणले विश्व सेयर मार्केटको मूल्य बढ्दा यसले अमेरिकी राष्ट्रपतिको ध्यान केन्द्रित गर्न सक्ने बु्रकको आँकलन छ।
_x000D_
_x000D_
यदी चीनमा व्यापार विज्ञहरुको विचारले ज्यादा महत्व पायो भने त्यसले चिनियाँ मुद्रालाई थप अवमूल्यन गर्न सक्नेछ भने सेयर मार्केटमा उतारचढाव गराएर अमेरिकी प्रयासलाई विफल पार्ने मत बढ्ने बु्रकको दाबी छ।
_x000D_
_x000D_
यस्तो अवस्थामा त्यसले चीनलाई पनि ठूलो संकटतर्फ लान सक्नेतर्फ भने सचेत हुन आवश्यक हुन्छ। २०१५–१६ मा चीनले आफ्नो मुद्रालाई कमजोर बनाउँदा चिनियाँ लगानीकर्ताहरुले चिनियाँ मुद्राको विकल्प खोज्नेतर्फ लागेको हामीले बिर्सन हुँदैन। चिनियाँ मुद्राको थप अवमूल्यनले चिनियाँ लगानीकर्ता बाहिरिने खतरालाई जीवित रहन्छ। यदि चीनले लगानी बाहिरिने अवस्था रोक्नसके त्यसले चिनियाँ मुद्रालाई थप अवमूल्यन गर्नेछ।
_x000D_
_x000D_
अब यहाँ ठूलो प्रश्न रहन्छ, के चिनियाँ नीतिनिर्माता व्यापार युद्धले चिनियाँ अर्थतन्त्रलाई खतरा पुर्याउने कुरामा सचेत छन्? वा चिनियाँ मुद्राको थप अवमुल्यन हुँदा चिनियाँ लगानी बाहिरिने सम्भावनालाई कसरी लिएका छन्?
_x000D_
_x000D_
‘२०१५ को मुद्रा अवमूल्यनले चीनलाई कुन हदसम्म तर्सायो भन्ने त हामीलाई थाहा छैन तर, उनीहरु मुद्रा अवमूल्यनलाई हतियारको रुपमा प्रस्तुुत गर्ने स्थितिमा छैनन् भन्ने आधार प्रसस्त छन्’, सेस्र्टर भन्छन्, ‘के चीनसँग चिनियाँ लगानी बाहिरिने खतरा रोक्ने सामथ्र्य छ, जसले उनीहरुलाई थप संकटमा पार्दैन?’
_x000D_
_x000D_
कमजोर चिनियाँ मुद्राले आन्तरिक रुपमा चीनलाई नै प्रभाव पार्छ। यसले बढ्दो क्रममा रहेको अरु अर्थतन्त्रलाई पनि धरायसी बनाउने छ। जसले चीनले विश्वका धेरै ठाउँमा गरेको लगानीलाई धरापमा पार्ने छ र ऋणको भार बढाउने छ। चिनियाँ मुद्राको अवमूल्यनले जापान र युरोपियन युनियनलाई चिढ्याउने छ। जसका कारण चीनको व्यापार शैलीबाट त्रसित रहेका उनीहरुलाई अमेरिकाको साथमै रहन थप बल प्रदान गर्ने निश्चित छ।
_x000D_
_x000D_
चीनका लागि यसको विकल्प भनेको आफ्नो मुद्रालाई अवमूल्यन नगर्नु नै हो। यसको सट्टा २०१५–१६ मा जस्तै चीनले आफ्नो विदेशी मुद्रा सञ्चितिकरणमा बढावा दिँदा राम्रो हुन्छ। यसले वासिङटनलाई खुसी बनाउनुका साथै अमेरिकाले लगाउँदै आएको चीनले अनावश्यक रुपमा आफ्नो मुद्रा अवमूल्यन गरेको आरोप पनि केही हदसम्म कम हुन्छ।
_x000D_
_x000D_
पत्रकार जाेन्सन फरेन पाेलिसी डट कमका लागि 'विश्व भू-अर्थतन्त्र' विषयमा लेख्छन्।
_x000D_
_x000D_
भावानुवाद : पुरुषाेत्तम पाैडेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।