काठमाडौँ– बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
बंगलादेशको नेशनलिस्ट पार्टीले सामाजिक सञ्जालमार्फत् उनको निधन पुष्टि गरेको हो ।
बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे, बिहानी नमाजको केही समयपछि निधन भयो ।’
पाँच दिनअघि मात्र उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए । खालिदा पछिल्लो केही महिनायता अस्वस्थ थिइन् ।
चार दशकभन्दा लामो समयदेखि उनी बंगलादेशको राजनीतिमा सक्रिय खालिदाले आफ्ना पतिको मृत्युपछि बीएनपीको नेतृत्व आफ्नो हातमा लिएकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।