काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले देश-विदेशमा छरिएर रोजगारी गरिरहेका नेपालीकाे भविष्यप्रति आफू चिन्तित रहेको बताएका छन्। श्रम मन्त्रालयले आयोजना गरेका दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीमा रहेको ३४ लाखभन्दा अाफू चिन्तित रहेको बताएका हुन्।
_x000D_
_x000D_
साे अवसरमा मन्त्री विष्टले विदेशमा कार्यरत कामदार र आन्तरिक श्रम बजारका श्रमिकको सुरक्षा र व्यवस्थापनका विषयमा मन्त्रालयले नयाँ संरचनाको विकास गरिरहेको जानकारी समेत दिएका छन्। 'आर्थिक समृद्धिको लक्ष्यमा पुग्न श्रम, रोजगार र युवा आवश्यक पर्छ। रोजगारी, श्रम र विकासलाई सन्तुलन गरेर लैजान सकियो भने बेरोजगारी समस्या समाधान हुन्छ’ उनले भने, 'विदेशबाट दसैं बिदामा स्वदेश फर्किएका कामदारलाई पुनः वैदेशिक रोजगारीमा नफर्कन आग्रह गर्दछु। सरकारले विदेशमा सिकेको सीपका आधारमा रोजगारी र उद्यमी बन्न लगानी गर्नेछ।’
_x000D_
_x000D_
वैदेशिक रोजगारीमा रहेका अथवा आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकलाई उपदान र सञ्चयकोषको व्यवस्था गरिने उनको भनाई थियो। श्रम मन्त्रालयले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरामा समेट्ने मन्त्री विष्टले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।