काठमाडौं – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप खेल्न हङकङ पुगे लगत्तै बिरामी परेका नेपाली टिमका ब्याट्सम्यान शरद भेषावकर शनिबार साँझ नेपाल फर्कंदैछन्।
शरदले सामाजिक सञ्जालमा नेपाल फर्कन लागेको फोटो पोस्ट गरेका छन्। उनले क्याप्सनमा लेखेका छन्, 'हङकङ भ्रमणका लागि महिनौं मिहिनेत गरे पनि बिरामी परेका कारण नेपालका लागि योगदान दिन नपाउँदा दुःख लागेको छ। नेपालको झन्डा बोकेर बलियो भएर फेरि आउनेछु। नेपाललाई समर्थन गरिरहनु होला। हामीलाई कठिन समयमा समर्थकको खाँचो छ। जय नेपाल।'
हङकङ पुगेपछि बिरामी परेका शरदले हङकङ विरुद्धको दुवै खेल गुमाए। शुक्रबार भएको पहिलो खेलमा नेपाललाई हङकङले ८३ रनले पराजित गरेको थियो। नेपालले आइतबार हङकङविरुद्ध दोस्रो खेल खेल्दैछ।
शरद बिरामी परेपछि उनको स्थानमा नरेश बुढाऐर हङकङ गएका छन्। तर, नरेशले शुक्रबार भएको पहिलो खेल खेल्न पाएनन्। आइतबार भने नरेशले खेल्ने सम्भावना छ।
नेपाली टिमका प्रशिक्षक जगत टमाटाले फर्ममा रहेका शरद नहुँदा टिमलाई घाटा पर्ने बताएका थिए। टमाटाका अनुसार शरदलाई भाइरल ज्वरो आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।