काठमाडौं- दसैं सुरु भएसँगै सकारी तथा निजी एयरलाइन्सहरूले अष्टमीअघिसम्मको सबै टिकट सकिएको बताएका छन्। अहिले आन्तरिक उडानमा नेपाल एयरलाइन्स, बुद्ध, यती, सिम्रिक, श्री, सौर्य, सीता, तारा, समिट र मकालुले सेवा दिँदै आएका छन्।
_x000D_
_x000D_
नेपाल एयरलाइन्सले पनि लामो सयमपछि दसैंका बेला ५ वटा जहाजमार्फत आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको छ। नेपाल एयरलाइन्सले पनि दसैंका लागि सबै उडानको टिकट सकिएको जनाएको छ।
_x000D_
_x000D_
यसैगरी आन्तरिक उडानमा ११ वटा जहाजमार्फत हवाई सेवा प्रदान गर्दै आएको बुद्ध एयरलाइन्सले पनि सेड्युल उडानका सबै गन्तव्यको टिकट सकिएको जनाएको छ। कतिपय ठाउँमा भने यात्रुको चापलाई हेरेर एयरलाइन्सले थप उडानसमेत गर्ने भएको छ।
_x000D_
_x000D_
यसैगरी सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्ज्वल थापाले पनि दसैंको बेला हुने सबै उडानको टिकट सकिएको बताए। एयरलाइन्सले अहिले पोखरा, चितवन र तुम्लिङटारमा उडान गर्दै आएको छ। एयरलाइस्ससँग २ वटा १९०० डी जहाज छ।
_x000D_
_x000D_
आन्तरिक उडानमा जेट विमानमार्फत हवाई सेवा प्रदान गर्दै आएका श्री र सौर्यले पनि दसैंको बेलाको सबै टिकट बिक्री भइसकेको जनाएको छ।
_x000D_
_x000D_
साथै यती, तारा, गोमाले पनि दसैंको सबै टिकट बिक्री भइसकेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।