काठमाडौं -बंगलादेशका छात्र नेता शरीफ उस्मानको मृत्युपछि भड्किएको हिंसा अनियन्त्रित बन्दै गएको छ । जसको चपेटामा अल्पसंख्यक विशेषगरी हिन्दूहरु परेका छन् ।
शुक्रबार मात्रै दीपु चन्द्र दासलाई भीडले जिउँदै जलाएको घटनापछि एक सात वर्षीया बालिकालाई घरभित्र जिउँदै जलाएको खबर सार्वजनिक भएको छ । शरीफको अन्तिम संस्कारपछि भड्किएको भीडले एक नेताको घरमा आगो लगाएका थिए ।
शनिबार लक्ष्मीपुर सदर उपजिल्लाका बीएनपी नेताको घरमा आगो लगाएपछि ढोका बाहिरबाट बन्द गरेका थिए । उक्त आगोमा परी एक सात वर्षीया बालिका जिउँदै जलेकी छिन् ।
१२ डिसेम्बरमा ढाकाको बिजोयनगर क्षेत्रमा एक चुनावी अभियानका क्रममा मास्क लगाएका अज्ञात व्यक्तिले हादीको टाउकोमा गोली हानी हानेका थिए । सिंगापुरमा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको थियो ।
त्यसपछि बंगलादेशमा जताततै आगलागी र आक्रमणहरु भइरहेका छन् । शनिबार हादीलाई ढाका विश्वविद्यालय मस्जिद नजिक राष्ट्रिय कवि काजी नजरुल इस्लामको समाधि नजिक कडा सुरक्षाका बीच अन्तिम संस्कार गरिएको छ ।
अन्तिम संस्कारपछि हादीको पार्टी इन्कलाब मञ्च ने अन्तरिम सरकारलाई २४ घण्टे अल्टिमेटम दिँदै हत्यामा संलग्नहरुलाई पक्राउ गर्न माग गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।