काठमाडौं– राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबारमा कार्यरत दुईजना कर्मचारीका छोरा प्रयोगकर्ता पहिचान र पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन्।
गलत मनसायले विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ।
पक्राउ पर्नेमा सोही विभागमा विवरण दर्ता अपरेटरका रूपमा कार्यरत सूर्यप्रसाद रेग्मीका छोरा २८ वर्षीय सुनित प्रभाग रेग्मी र अमृतबहादुर कुमालका छोरा २८ वर्षीय आशिषबाबु कुमाल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।