काठमाडौँ – नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
महाधिवेशनस्थलसँगै सहभागी नेता, कार्यकर्ता, समर्थकको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली बिहानैबाट परिचालन भएको छ।
प्रहरीले बिहानैदेखि विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिमप्राप्त कुकुर र बम डिकेक्टर उपकरणसहित सक्रिय भएका छन्।
अरनिको राजमार्गसँगै जोडिएको भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा महाधिवेशन उदघाटन समारोह हुँदैछ। उदघाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।