काठमाडौं– नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा ४ नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
शुक्रबार मन्त्री बन्नेहरूमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।
राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।
शुक्रबार मन्त्री बन्नेमध्ये इङ्नाम अधिवक्ता हुन् । त्यस्तै चौलागाईं पेसाले जनस्वास्थ्यविद् हुन् । उनले कर्णालीबारे 'सपादलक्ष कर्णाली' नामक पुस्तक लेखेका छन् । त्यस्तै भण्डारी पूर्वएआईजी र श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वकर्मचारी हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतका विशिष्ट व्यक्तिहर"को उपस्थिति रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।