काठमाडौँ– नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका युवाहरूले भेला गरेका छन्।
शुक्रबार पोखरेल पक्षका युवाहरूमा काठमाडौं ब्यांक्वेटमा भेला भएका हुन्।
नेकपा एमाले ११ औं महाधिवेशनको संघारमा आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले गतिविधि तीव्र पारेका छन्।
भेलामा एमाले नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, ठाकुर गैरे लगायत कार्यकताहरुको उपस्थिति रहेको छ । महाधिवेशन उद्घाटनको पूर्व सन्ध्यामा पोखरेल समूहले युवा भेलाको आयोजना गरेको हो ।
मएमालेको ११ औँ महाधिवेशन भोलि (शनिबार)बाट काठमाडौं उपत्यकामा सुरू हुँदैछ। उद्घाटन भक्तपुरको सल्लाघारीमा हुनेछ।
बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिनेछ। महाधिवेशन सुरक्षार्थ १० हजार स्वयमसेवक परिचालन गर्ने युवा संघले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।