काठमाडौँ – नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नुवाकोट-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने बताएका छन् ।
नुवाकोट-१ क्षेत्रीय कार्यसमितिले बिहीबार प्रवक्ता महतको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो। तयसअघि उनको नाम काठमाडौँ–५ बाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो ।
महाराजगञ्जमा शुक्रबार बिहान पत्रकारहरूसँगको छलफलका क्रममा प्रवक्ता महतले भने, ‘नुवाकोट–१ बाट निर्वाचन लड्छु । क्षेत्रीय समितिले सर्वसम्मत एकल सिफारिस गरिसकेको छ । काठमाडौँ-५ बाट पनि साथीहरूले सिफारिस गरिदिनुभएको छ ।’
समानुपातिकतर्फ कृष्णबहादुर लामा, महेन्द्र थिङ, कविराज गुरुङ, प्रकाश गौतम, भवानी देवकोटा, अन्जु आचार्य र कल्पना नेपालीको नाम सिफारिस भएको छ । यस्तै, राष्ट्रियसभा सदस्यका लागि रामकृष्ण थापा र भाग्यश्री लामाको नाम सिफारिस भएका हुन् ।
उनले समूहबाट अन्य नेताहरूको पनि सभापतिमा दाबी रहेकाले उम्मेदवार को बन्ने भन्नेबारे छलफल चलिरहेको पनि बताए । संस्थापन समूहबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अन्य छ जना पूर्वपदाधिकारीहरू पनि सभापतिको आकांक्षी छन् ।
खड्काबाहेकका आकांक्षी पूर्वपदाधिकारीहरू र प्रवक्ता महत एकसाथ छन् । ‘सात भाइ’ का नामले चिनिने समूहमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह र प्रवक्ता महत छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।