काठमाडौं– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिजो जेनजी अगुवाहरूसँग गरेको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन्। यो नाटकको हिजै पटाक्षेप भएको उनले टिप्पणी गरे।
बिहीबार राजधानी काठमाडौंमा सम्पादकहरूसँगको संवादका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्। वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने उनको भनाइ थियो।
‘हिजो एउटा कलाविहीन नाटक भयो। त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ?,’ उनले भने, ‘गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्यो नि। त्यहीँ अस्वीकार भयो नि। त्यहीँ च्यातिदियो नि। त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो।’
आज सम्पादकहरूसँग अन्तरक्रियामा बोल्दै ओलीले सरकारसँग यस्तो सम्झौता गर्न म्यान्डेट नै नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।