काठमाडौँ – नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ८ बजे बस्नेछ ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुई दिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ ।
‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदीप ज्ञवालीले रिपोर्टिङ गर्नुहुन्छ ’ गौतमले भने ‘बढी भन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा व्यापक बनाउन अन्य समितिका तर्फबाट पनि सुझाव दिइने छ ।’ मूल समितिको संयोजक महासचिव शंकर पोखरेल रहेका छन् भने सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ रहेका छन् ।
साथै, १४ वटै समितिका संयोजकहरूले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।