• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जाडोयाममा बढी देखिने कत्ले रोग के हो?

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २५, २०८२  ०७:१३
1140x725

कत्ले रोग छालामा हुने एक प्रकारको दीर्घ वा लामो समयसम्म रहने रोग हो। खासै नचिलाउने, हलुका रातो वा सेतो कत्ला–कत्ला देखिनु नै कत्ले रोग हो। यस्तो कत्ला कुहिना, घुँडा, टाउकोमा आउनसक्छ। कत्ले रोगले छाला, नङ र कपालमा असर गर्छ भने लामो समयमा हड्डीलाई समेत असर गर्नसक्छ। यो समस्या वयस्क व्यक्तिहरुमा नै बढी देखिएको पाइन्छ। 

सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाममा बढी देखिने गर्छ। मदिरा सेवन तथा धूमपान गर्ने, तनाव लिने र सुख्खा छाला भएका व्यक्तिमा यो समस्या बढ्ने गरेको पाइन्छ।

यो छालाबाट नङमा फैलिएको अवस्थामा नङ बाक्लो हुने र  नङको  रङ परिवर्तन हुने लक्षण देखिन्छ। शरीरमा जस्तै टाउकोमा पनि यस्ता कत्लाहरु देखिन सक्छन्। कहिलेकाहीँ शरीरभर नै फैलिन सक्छन्।

पछिल्ला अनुसन्धानले कत्ले रोगको समयमै उपचार नगर्दा अन्य समस्या पनि देखिनसक्ने देखाएको छ। कत्ले रोग लागेका व्यक्तिलाई ‘सोरायटिक आर्थराइटिस’ अर्थात् बाथ रोग पनि हुनसक्छ। यस्तै मोटोपनको समस्या भएका व्यक्तिलाई कत्ले रोग छ भने मधुमेह तथा मेटावोलिक सिन्डो«म र मुटुमा पनि समस्या हुनसक्ने भनिएको छ। 

के छ उपचार?

कत्ले रोगको समयमै पूर्ण उपचार गरेमा निको पार्न सकिन्छ। तर निस्तेज पार्न भने सकिँदैन। निको भएको अवस्थामा पनि यो रोग फेरि बल्झिन सक्छ। त्यसैले यो रोगलाई क्रोनिक डिजिज पनि भनिन्छ। 

नर्भिक अस्पतालमा यो रोगका बिरामी एक महिनामा करिब दश जना आउनुहुन्छ। कत्ले रोगको समस्या भएमा छालारोग विशेषज्ञसँग परामर्श लिएर मात्र औषधि प्रयोग गर्नुपर्छ। हामीकहाँ आउने बिरामीको कत्ले रोगको अवस्था अनुसार रगत परीक्षण गराएर मात्र औषधि चलाउछौँ। चिकित्सकको सल्लाहअनुसार उपचार सम्भव छ। कतिपय व्यक्तिहरु  एक्जिमासँग दाँजेर अन्योलग्रस्त भएर बस्नुहुन्छ र, ढिला उपचारमा आउनुहुन्छ।

रोगको सुरुवाती अवस्थामा मल्हम र मोस्चराइजर क्रिमले पनि नियन्त्रण हुनसक्छ। तर, शरीरभर फैलिएमा रोगको अवस्था हेरेर खाने औषधि दिएर पनि उपचार गर्नुपर्ने हुन्छ। 

Ncell 2
Ncell 2

फेरि लाग्न नदिन के गर्ने?

– लक्षण देखिएको छ छैन याद गर्ने
– शरीरलाई चिल्लो राख्ने
– धेरै तातो पानीले ननुहाउने 
–  धेरै कडा किसिमको साबुन वा स्याम्पुको प्रयोग नगर्ने।

यो रोगले मानिसको मृत्यु नै त हुँदैन। तर यसले तपाईंको स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्नसक्छ। 

कपालमा  हुने चाँया र यसमा के फरक छ?

चाँया र कत्ले रोगको लक्षण फरक हुन्छ। चाँया टाउकोभरि नै सेतो भएर आउँछ। तर कत्ले रोग लागेमा टाउकोमा ठाउँ–ठाउँमा कत्ला देखिन्छ। चाँयाको कारण कपाल झर्छ। तर कत्ले रोग लाग्दा कपाल झर्दैन।  चाँया परेमा टाउको चिलाउने गर्छ तर कत्ले रोगमा टाउको चिलाउँदैन। 

कत्ले रोग एक्जिमा वा दाद होइन

कत्ले रोग लागेका व्यक्तिहरु एक्जिमा वा दाद होला भन्ने सोच्छन्। कम चिलाउने र विस्तारै फैलिने हुँदा बिरामीहरु समयमै उपचार गराउन आउनुहुन्न। तर यो रोग एक्जिमा र दादभन्दा फरक छ। कत्ले रोगमा सेता बाक्ला कत्ला देखिन्छन्। यो किटाणुको कारण लाग्ने रोग होइन।

(प्राडा कार्की वीर अस्पताल र नर्भिक अस्पतालमा वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञको रुपमा कार्यरत छिन्।)

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार
मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार मंगलबार, माघ ६, २०८२
मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता मंगलबार, माघ ६, २०८२
मनोनयन दर्ताको समय सकियो, २४०० भन्दा बढीको उम्मेदवारी मंगलबार, माघ ६, २०८२
सुधन गुरूङले दर्ता गरे रास्वपाबाट गाेरखा-१ मा उम्मेदवारी मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्