काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजीबीच भएको सम्झौता देशका लागि कोशेढुंगा भएको टिप्पणी गरेकी छन्।
आज सिंहदरबारमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनले यो सम्झौताले जेनजी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने बताइन्।
‘ऐतिहासिक रेकर्ड बन्यो, भोलि राजपत्रमा छापिन्छ। यो एउटा बलियो डकुमेन्ट छ। यसले भोलिको परिवर्तनलाई गाइड गर्छ र संविधान बनाउन पनि गाइड गर्छ,’ हस्ताक्षरपछि बोल्दै उनले भनिन्।
सम्झौतामा दुई पक्ष भए पनि आफू जेनजीकै पक्षमा रहेको कार्कीले बताइन्। सरकारमा रहुन्जेलसम्म सहिद युवाहरूका लागि समर्पित रहने उनको भनाइ छ।
सो क्रममा उनले जेनजी अगुवा सुदन गुरुङलाई ‘जेठो छोरा’ भन्दै सम्बोधन गरिन्।
‘जुन जेनजी बाबु, छोराछोरी यहाँ दिनरात आएर खट्नुभयो। म धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘सबैलाई धन्यवाद दिन्छु। हाम्रो सुदन गुरुङ मेरो जेठो छोरो उसलाई पनि धन्यवाद दिन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।