काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताएका छन् ।
बुधबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘प्यानल बनाउने, नबनाउने भन्ने कुरा होइन । यो उम्मेदवारी कुनै झ्वाँक झ्वाँकमा गरिएको विषय होइन । हामीले पार्टीको बैठकमा औपचारिक रुपले जानकारी पनि गराएको हो,’ पोखरेलले भने, ‘सार्वजनिक रुपमा पनि हो । हामी कुनै अस्वभाविक रुपमा प्रस्तुत भएको होइन । पार्टी अध्यक्षसँग मैले नै कुरा गरेर केन्द्रीय कार्यालयमा औपचारिक रुपमा दर्ता गरेको हो ।’
साथै, उनले पार्टीमा विचारबारे विवाद नभएको पनि उल्लेख गरे ।
‘हाम्रो पार्टीभित्र छलफल हुन्थ्यो । तर ती छलफलहरू बाहिर बग्रेल्ती भएर आउँदैनथियो, आउन हुँदैन थियो । महाधिवेशनको आयोजना भइरहँदा एजेन्डाहरू के के हुन् ?,’ पोखरेलले भने, ‘अहिले हामीले उठाएको कुरा के हो भने प्रारम्भमा हाम्रो विचारबारे पार्टीमा विवाद छैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।