मुसिकोट– रुकुम पश्चिममा एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन्। रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्ती पक्राउ परेका हुन्।
_x000D_
_x000D_
मुसिकोट नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताए।
_x000D_
_x000D_
पक्राउ परेका घर्तीले पीडित महिलाको एक थान मोबाइल र १६ हजार नगदसमेत चोरी गरेको पाइएको छ।
_x000D_
_x000D_
निजलाई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत रुकुम पश्चिमबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।