काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ।
एमालेले १०औँ महाधिवेशनमा समेत विद्युतीय मतदान गरेको थियो। यसपटक पनि विद्युतीय माध्यमबाट नै मतदान हुने नेता सुनिता बरालले जानकारी दिइन्।
नेता बरालका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने, प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम सुरु गरिसकेको छ।
वैधानिक व्यवस्था अनुसारको पदीय संरचना (कुन पदमा कति जना निर्वाचित हुने) भन्ने काम सुरु भइसकेको हो।
अघिल्लो पटक विद्युतीय मतदानको स्लिप पनि गणना गरिएको थियो। यस सन्दर्भमा भने यस पटक के गर्ने भन्ने तय भएको छैन।
कसैले शंका गर्दा पुनः निश्चित गरौँ भन्न मात्रै विगतमा विद्युतीय मतदानको स्लिप पनि गणना गरिएको उनले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।