कञ्चनपुर– कृष्णपुर–५ लालझाडी जंगलको अमखौया खोला नजिक पूर्व–पश्चिम राजमार्गमा गएराति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित ७ जना घाइते भएका छन्।
_x000D_
_x000D_
से४प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर–२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय सन्तोष चौधरी, २२ वर्षीय भगवानदास चौधरी, २० वर्षीय मुकेश चौधरी, २० वर्षीया मञ्जु चौधरी र सीता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए।
_x000D_
_x000D_
घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। घाइते मोटरसाइकल चालक राजेन्द्र पालको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।