नवलपरासी– पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएका छन्। दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले १ करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ।
_x000D_
_x000D_
छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पति सम्पर्कबिहीन भएका छन्। कावासोती नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताए।
_x000D_
_x000D_
सापकोटा दम्पतिले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज नगरी सापकोटा दम्पतिलाई रकम दिएका छन्। सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई ३० लाख दिएका छन्।
_x000D_
_x000D_
‘सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई÷चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्,’ पडित तिमिल्सिनाले भने। केही समयअघि घर बिक्री गरेका उनले कुनै प्रमाण नराखी रकम दिएका छन्।
_x000D_
_x000D_
यस्तै स्थानीयवासी झवकला तिवारीले सापकोटा दम्पतिलाई २५ लाख दिएका छन्। यस्तै अन्यको ५० देखि १० लाखसम्म रकम लिएर सापकोटा सम्पती फरार भएका छन्।
_x000D_
_x000D_
सापकोटा दम्पतिले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए। ‘छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,’ पीडित सुना चापागार्इंले भने।उनले सापकोटा दम्पतिलाई ३० लाख दिएको बताए।
_x000D_
_x000D_
सापकोटा दम्पतिले कावासोतीको घर बिक्री गरी गत जेठदेखि फरार छन्।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था अनुसार सापकोटा दम्पती विरुद्ध जाहेरी नलिएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।