सुर्खेत– कर्णाली प्रदेश सरकार र यसद्वारा गठित विज्ञ समूहबीचको परामर्श बैठक उपलब्धिमूलक भएको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताएकी छन्।
_x000D_
_x000D_
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठक गए राति सम्पन्न भएको हो।
_x000D_
_x000D_
बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका विषयमा बैठक केन्द्रित रहेको थियो। 'बैठकमा विज्ञ समूहले बजेट कार्यान्वयनका लागि महत्वपूर्ण सुझाव दिएको छ,' केसीले भनिन्, 'मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय गरेर बजेट कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउछाैँ।'
_x000D_
_x000D_
सरकार र विज्ञ समूहबीचको परामर्श बैठकले बजेट कार्यान्वयनमा देखिएको अन्योलता हटाएको उनको धाारणा थियो।
_x000D_
_x000D_
बजेट कार्यान्वयन गर्न प्रदेश सार्वजनिक खरिद ऐन नबनेसम्म प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार काम गर्न र सो ऐनले नसमेटिएका विषयमा संवैधानिक अधिकार प्रयोग गरी यसको कार्यविधि निर्माण गरेर काम गर्न विज्ञ समूहले सुझाव दिएको छ।
_x000D_
_x000D_
बजेट कार्यान्वयनका लागि आवश्यक प्राविधिक जनशक्ति तथा परामर्शदाता सेवा करारमा भर्ना गरी बजेट कार्यान्वयन प्रक्रिया अघि बढाउन प्रदेश सरकारलाई बाधा नपर्ने विज्ञ समूहका सदस्यले सल्लाह दिएका छन्।
_x000D_
_x000D_
बैठकमा मुख्यमन्त्री शाही, मन्त्री प्रकाश ज्वाला, नरेश भण्डारी, दल रावल, खड्कबहादुर खत्री, नन्दसिंह बुढा, विज्ञ समूहका संयोजक जनार्दन शर्मा, सदस्य डा पुण्य रेग्मी, डा सुरेश तिवारी, डा कुशेन्द्र महत, डा कृष्णप्रसाद पौडेल, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, प्रमुख सचिव रामप्रसाद थपलियासहित प्रदेश सरकारका विभागीय मन्त्रालयका सचिवको सहभागिता थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।