राजविराज– राजविराज–१ मा‘ग्याङ् फाइट’मा परि घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
_x000D_
_x000D_
सप्तरी सदरमुकाम राजविराज–१ मा गत मंगलबार दुई समूहबीच झडप भएको थियो।
_x000D_
_x000D_
सो झडपका क्रममा गम्भीर घाइते भएका राजविराज–१ का भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परि मृत्यु भएको पीडित परिवारले जनाएको छ।
_x000D_
_x000D_
गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि काठको चिर्पटले प्रहार गरिएकाले रक्तश्राव बढी भएका कारण उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्य भएको पीडितका बुबा भन्नालालले बताए।
_x000D_
_x000D_
मृतकका पारिवारिक स्रोतका अनुसार १२/१३ जनाको समूहले प्रेममाथि एक्कासी आक्रमण गरेको र सो आक्रमणमा उनी घाइते भएपछि तत्कालै विराटनगर लगेर टाउकोमा ५२ टाँका लगाई उपचार थालिएको थियो।
_x000D_
_x000D_
यसैबीच प्रेमको शवसहित मृतकका परिवार, आफन्त तथा गाउँलेहरुले हिजो राजविराजमा प्रदर्शन गरेका छन्। प्रेमको शव विराटनगरबाट ल्याएर हत्यारालाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो। राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अगाडि प्रेमको शवसहित प्रदर्शन गरिएको प्रर्दशनमा सहभागी रेमन्त यादवले बताए। प्रदर्शन गर्दै उनको शवलाई नगर परिक्रमासमेत गरिएको थियो।
_x000D_
_x000D_
प्रदर्शनका क्रममा हत्यामा संलग्न हुनेको नाम ब्यानरमै किटान गरी अविलम्ब पक्राउ गर्न माग गरिएको छ।
_x000D_
_x000D_
यसैबीच प्रेमको पुरानै रिसइबीका कारण हत्या भएको बताउँदै हत्यामा संग्लन व्यक्तिको तीव्र रुपमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। साथै घटनाबारे अनुसन्धानसमेत भइरहेको उनले बताए। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।