इटहरी– बजारको अनुगमनको क्रममा कुहिएको मासु समेत बेच्न गरेको पाइएको छ। केही पसलमा सडेको मासु समेत बेच्न राखेको पाइएको नगरपालिकाले गरेको अनुगमनमा क्रममा यस्तो फेला परेको हो। नगरपालिकाले टोली बनाएर अनुगमनम गरेको हो। तर नगरपालिकाले अनुगमन गरेपनि प्रभावकारी कारबाहीको प्रक्रिया भने चालेको छैन।
_x000D_
_x000D_
धेरै पसलको मासु स्वास्थ्यको हिसाबले खान खान योग्य नरहेको पाइएको जिल्ला भेटेनरी अस्पतालका डा मनोज कुमार महतोले बताए। पशु वधशाला तथा मासु जाँच नियमावली २०५७ बमोजिमको मापदण्ड कसैले पनि पालना गरेको नपाइएको उनले बताए।
_x000D_
_x000D_

_x000D_
_x000D_
मासु बिक्री गर्ने स्थलमा जाली र सिसा लगाउनुपर्ने, टायल लगाएर सजिलै सफा गर्न सकिने बनाउपर्ने, मूल्यसूची, बोर्ड राखिनुपर्ने, औजार र जोख्ने समान सफा सुग्घर हुनुपर्नेमा अधिकांश पसलमा त्यस्तो नपाइएको डा महतोले बताए।
_x000D_
_x000D_
अस्थस्थ मासुका कारण २ सय ७५ किसिमका रोग सर्ने भएकाले उपभोक्ता सचेत रहनुपर्ने उनले बताए। ‘खुल्ला रुपमा नालीका छेउमा समेत मासुपसल राखेको पाइएको छ। अधिकांश मासु पसलले व्यवसाय दर्ता नै नगरी मासु पसल संचालन गरिरहेको पाइएको छ’ उनले भने।
_x000D_
_x000D_
बजार अनुगमन टोलीका संयोजक विजय कुमार मगरले पहिलो पटक सुधारका लागि सचेत गराइएको अर्को पटक अनुगमन गर्दा सुधार नगरे कारबाही गरिने बताए। धेरैजसो मासु पसलको नाजुक अवस्था भेटिएको, ढक तराजु समेत ढुँगा राखेको पाइएकोले उद्योग वाणिज्य संघ इटहरीका वाणिज्य सचिव उमेश दाहालले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।