काठमाडौँ– फोनपे नेटवर्कले प्रकोप रिकभरी ड्रिल सञ्चालन गर्ने कारण देखाउँदै इसेवाका केही सेवा पाँच घण्टाका लागि अवरुद्ध हुने जनाएको छ ।
इसेवाले मंगलबार दिउँसो एक सूचना जारी गर्दै मंसिर १७ गते राति अर्थात् बुधबार बिहान १२ः३० बजेदेखि बिहान ५ः३० बजेसम्म फोनपेका सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुने जनाएको हो ।
यो ड्रिल फोनपे नेटवर्कको प्रणालीलाई थप सुदृढ बनाउन र भविष्यमा आउन सक्ने सम्भावित प्रकोपहरूबाट बच्न गरिएको नियमित प्रक्रिया भएको जनाइएको छ ।
यसबाट ग्राहकवर्ग तथा मर्चेन्टहरूमा पर्न सक्ने असुविधाप्रति इसेवा परिवारले क्षमासमेत मागेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।