राजविराज– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चाँडै नै प्रदेशसभा मार्फत ‘प्रदेश प्रहरी विधेयक’ पारित हुने जानकारी दिएका छन्।
_x000D_
_x000D_
संविधानको भावना अनुसार नै प्रदेश प्रहरी गठनको तयारी भएको उनले बताए। ६३औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रहरी प्रणालीलाई पुनर्संरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यावसायिक प्रहरी संगठन बनाउनुपर्ने आवश्यकता औंल्याए।
_x000D_
_x000D_
संघीय ऐन बमोजिम नै प्रहरीको समायोजन, सहकार्य र समन्वय हुने राउतले स्पष्ट पारे।
_x000D_
_x000D_
‘संविधानले नै सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको छ,’ उनले भने, ‘त्यसै बमोजिम प्रदेश प्रहरी गठन गर्न लागिएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।