पर्सा– प्रहरीले स्रोत नखुलेको रु १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साहको साथबाट रु १० लाखसहित पक्राउ गरेको हो ।
पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।