काठमाडौँ – जेनजी आन्दोलनकारी र सरकारबीच आन्दोलनका उपलब्धि संस्थागत गर्ने विषयमा लिखित सम्झौता हुने भएको छ।
जेनजीले प्रस्तुत गरेको सम्झौताको प्रस्तावलाई अन्तिम रूप दिएर सोमबार हस्ताक्षरको तयारी गरिएको हो।
आज जेनजी प्रतिनिधिहरू र प्रधानमन्त्री सुशीला कार्कीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो ।
प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुङ्ग्याउन निर्देशन दिइन्। उनले भनिन्,‘अब यो विषय धेरै लम्ब्याउनुहुँदैन। आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्। आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ, हेर्नुहोस्। सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ। अब धेरै दिन कुर्न सकिँदैन। हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौँला। मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्ताबेज हो। कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्दैन।’
‘अब यो विषय धेरै लम्ब्याउनुहुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस् । पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ हेर्नुपर्छ, हेर्नुहोस्, सोमबारभित्रमा अन्तिम रुप दिइएको हुनुपर्छ,’ उनले भनिन्, ‘अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौंला । मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्नैन ।’
छलफलमा केही जेनजी अगुवा र सरकारको तर्फबाट प्रधानमन्त्री, गृहमन्त्री, खेलकुदमन्त्री र अन्य प्रतिनिधि सहभागी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।