काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मिरज ढुंगाना नेतृत्वको समूहले मंगलबार पनि सिंहदरवारको मुख्य गेटअगाडि प्रदर्शन गरेको छ।
आइतबार बसेको बैठकले सोमबारदेखि निरन्तर आन्दोलन गर्ने घोषणा गरेको थियो। त्यसैअनुसार मंगलबार ढुंगाना नेतृत्वको समूहले टाउकोमा कालोपट्टी बाँधेर विरोध जनाएको छ ।
यसअघि सिंहदरबारभित्र प्रवेश गर्न खोज्दा समूह र प्रहरीले केही बेर धकेलाधकेल गरिएको थियो। सोमबार पनि उनीहरू सिंहदरबार गेटसम्म पुगेका थिए तर प्रधानमन्त्रीलाई भेट्न नपाएपछि असन्तुष्टि व्यक्त गरेका थिए। मागपत्र बुझाउने बताए पनि समय नपाएको भन्दै उनीहरूले उक्त मागपत्र गेटमै टाँसेर फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।