काठमाडौं- ‘विश्वव्यापी आँखा स्वास्थ्य –आँखा सेवा सबैतिर’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदैछ। हरेक वर्ष अक्टोबर ११ तारिखका दिन दृष्टि दिवस विभिन्न कार्यक्रमका साथ मनाइन्छ।
_x000D_
_x000D_
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन ‘अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले’ सन् २०१० को अध्ययनलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ।
_x000D_
_x000D_
नेपालमा आँखा स्वास्थ्यमा अग्रणी भूमिका खेलिहरहेको तिलगंगा आँखा प्रतिष्ठानले दृष्टि दिवसको अवसरमा हेटौडा सामूदायिक आँखा अस्पताल लगायत १५ जिल्लामा रहेका सामुदायिक आँखा केन्द्रमा वालवालिका (१४ वर्षभन्दा कम उमेर), वृद्ध (६० वर्ष देखि मथिका उमेर) तथा लक्षित वर्गका निम्ति निःशुल्क परामर्श सेवा प्रदान गर्ने काम गरेको छ।
_x000D_
_x000D_
विश्व दृष्टि दिवस २०७५ को अवसरमा ओखलढुंगा, रामेछाप,दोलखा तथा सिन्धुली र चामे, मुस्ताङ्गमा गरिएको आँखा शल्यक्रिया शिविरमा कुल १४४ जनाको निःशुल्क मोतीविन्दुको शल्यक्रिया सम्पन्न गरिएको छ।
_x000D_
_x000D_
नेपालमा हेर्ने हो भने १ लाख २० हजार मानिस दृष्टिीविहिन छन्। नेपालमा सन् २०१४ मा गरिएको पहिलो र ठूलो सर्भेमा ०.०६% बालबालिकामा अन्धोपन देखिन्छ। त्यसमध्ये ८० % बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ। अन्धोपनाको मूख्य कारणहरु मोतिविन्दु, आँखाको पर्दाका अन्य रोगहरु, आँखाको नानीमा हुने अन्धोपना, जलविन्दु, दृष्टिदोष हुन्।
_x000D_
_x000D_
नेपालमा आँखा स्वास्थ्यको अवस्था
_x000D_
- १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टिदोषको समस्या रहेको छ।
_x000D_
- ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन्।
_x000D_
- दृष्टिदोष भएका मध्ये ८९ % मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन्।
_x000D_
- अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने खालका छन्।
_x000D_
- अन्धोपनाको १६% अन्धोपन रोकथाम गर्न सकिने खालका छन्।
_x000D_
- कुल उच्च तथा मध्यम न्यूनदृष्टि रहेका मध्य ६० प्रतिशत महिलामा रहेको देखिन्छ।
_x000D_
- न्यूनदृष्टिको मूख्य कारणहरुमा दृष्टिदोष, मोतिविन्दु र जलविन्दु रहेका छन्।
_x000D_
- दृष्टिविहिनको मूख्य कारणहरुमा मोतिविन्दु, जलविन्दु र आँखाको पर्दा रहेका छन्।
_x000D_
- पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारणले हुने न्यूनदृष्टि समस्यामा वृहत रुपमा घटेको छ।
_x000D_
- हरेक वर्ष नेपालमा अनुमानित ३० % मानिसलाई आँखा जाँच गराउनुपर्ने देखिन्छ।
_x000D_
_x000D_
_x000D_
विश्वमा आँखा स्वास्थ्यको अवस्था
_x000D_
- विश्वमा ३ करोड ६० लाख मानिस दृष्टिीविहिन छन्।
_x000D_
- २१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ। जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ।
_x000D_
- २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन्।
_x000D_
- १ अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन्।
_x000D_
- अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष देखिएको छ।
_x000D_
- कूल दृष्टि दोष मध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र माथिका उमेरका छन्।
_x000D_
- अन्धोपना र दृष्टिदोषको भार १९९० को ४.५८ प्रतिशत बाट घटी २०१५ मा ३.३७ प्रतिशतमा झरेको छ।
_x000D_
_x000D_
आँखा कमजोर भएको कसरी थाहा पाउने? लक्षण
_x000D_
_x000D_
- आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु,
_x000D_
- धमिलो देख्नु,
_x000D_
- टाउको दुख्नु,
_x000D_
- आँखा सानो पारेर हेर्नु,
_x000D_
_x000D_
यस्ता समस्या जो कोही र जुनै उमेरमा पनि हुन सक्छ। आँखाले धमिलो देख्नासाथ सबैले नजिकको आँखा केन्द्रमा गई जचााइँहाल्नुपर्दछ।
_x000D_
_x000D_
नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिस मध्ये ६० प्रतिशत महिला छन्। महिलाको आँखा सेवामा एकदमै कम पहुँच हुनको कारण भनेको यातायातको असुविधा र उपचार खर्चको अभाव हो।
_x000D_
_x000D_
साथै जनचेतनाको अभाव, घरायसी कामकाज तथा पारिवारिक व्यस्तता, निर्णय प्रक्रियामा सहभागिताको कमी,आँखा केन्द्र वा आँखा अस्पताल जान अरुको सहयोग लिनुपर्ने बाध्यता आदिले पनि महिलामा धेरै समस्या देखिएको हो।
_x000D_
_x000D_
हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव छ। मधुमेह तथा उच्च रक्तचाप भएका सबैले पनि आँखाको जाँच गराउनुपर्छ। त्यसैगरी ४० वर्ष उमेर पुगेका सबैले आफ्नो आँखा जाँच गराउनुपर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।