इलाम – चुलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि कुल रु २३ करोड ५३ लाख ५१ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको ।
पूँजीगत खर्चतर्फ रु १२ करोड ६६ लाख ७८ हजार ६०० छुट्याइएको छ । त्यस्तै चालु खर्चतर्फ रु तीन करोड ४० लाख ३५ हजार ५०० तथा विषयगत तथा अनुदानतर्फ रु सात करोड ४६ लाख ३७ हजार छुट्याइएको छ।
गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदाय लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ।
वडा नम्बर १ मा बहुभाषिक पाठशाला निर्माणलाई मुख्य कार्यक्रमका रूपमा राखेको छ । वडा नम्बर ४ को बालज्योति माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने पनि कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले विद्युत् नपुगेका सबै क्षेत्रमा विद्युत् विस्तार गर्नेदेखि सडक निर्माण तथा खोला तटबन्धनलाई पनि प्राथमिकतामा राखेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।