काठमाडौं– लेखा समितिद्वारा गठित छानबिन समितिले चिनीकाे काेटा खुला गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिन सिफारिस गरेको छ। उसले मूल्य अनियमितता छानबिन गर्ने जिम्मा अख्तियारलाई दिन पनि सिफारिस गरेको छ।
_x000D_
_x000D_
लेखराज भट्टकाे संयाेजकत्वमा एक साताअघि छानबिन समिति गठन भएकाे थियो।
_x000D_
_x000D_
'चिनी पैठारीमा लगाइएको पूर्ण बन्देज हटाउने, परिमाणात्मक बन्देजलाई बजारको मूल्य स्थिर राख्नका लागि आवश्यक परिणामको आयात खुला गर्ने, भन्सार दरमा समयानुकुल पुनरावलोकन गर्ने र परिमाणात्मक बन्देजलाई बजारको माग र आपूर्तिसँग सन्तुलन गराउने रणनीति तय गर्ने', सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई दिनुपर्ने निर्देशन अन्तर्गत छानबिन समितिले प्रतिवेदनमा लेखेको छ।
_x000D_
_x000D_
त्यस्तै, समितिले उद्योग मन्त्रालयलाई 'उखु किसानहरुले प्राप्त गर्नुपर्ने सरकारले दिने सब्सिडी, चिनी उद्योगीहरुले तिर्नुपर्ने बक्यौता दसैं अघि भुक्तानी दिने व्यवस्था मिलाउने' सिफारिस पनि गरेको छ।
_x000D_
_x000D_
समितिले आज प्रतिवेदन बुझाएको हो।
_x000D_
_x000D_
स्वदेशी उद्योग प्रबर्द्धनका नाममा सरकारले भदाै ३१ मा चिनी आयातमा कोटा लगाएको थियो। चाडबाडका मुखमा वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था गरेपछि नेपाली बजारमा चिनीको भाउ बढेको थियो। जसले गर्दा सरकारको निर्णयको आलोचना भइरहेको थियो।
_x000D_
_x000D_
चिनी आयातमा कोटा तोक्ने सरकारी निर्णयमाथि आशंका व्यक्त गर्दै सांसदहरूले छानबिनको माग गर्ने गरेका थिए। उनीहरुले पर्याप्त तयारी र वस्तुस्थिति नबुझी चिनीमा कोटा तोकिएको आरोप लगाउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।