सिड्नी– पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
_x000D_
_x000D_
सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६ दबमलब २ म्याग्निच्युडको अर्को शक्तिशाली परकम्प पनि गएको बताइएको छ।
_x000D_
_x000D_
पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख गरिएको छ।
_x000D_
_x000D_
तर, मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको छैन। यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ।
_x000D_
_x000D_
पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकैे ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ।
_x000D_
_x000D_
प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।