काठमाडौँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला निकट नेताहरूले बेग्लै छलफल गरेका छन्।
नियमित महाधिवेशनका लागि दबाब दिनको लागि उपसभापति धनराज गुरुङसहित नेताहरूले बेग्लै छलफल थालेका हुन्।
काठमाडौँमा उपलब्ध काँग्रेस जिल्ला सभापति र पूर्वसभापतिहरुसँग नेता कोइरालाको सचिवालयमा छलफल आज छलफल भएको हो।छलफलमा उपसभापति गुरुङसहित सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य दिलेन्द्र बडु लगायत सहभागी थिए।
काँग्रेसमा महाधिवेशनको मितिबारे चर्को विवाद हुँदा नेता कोइराला पछिल्लो समय मध्यमार्गी भूमिकामा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।