काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती आज (शुक्रबार) सिंगापुरबाट स्वदेश फर्किँदै छन्।
देउवा निकट एक नेताका अनुसार देउवा र उनकी पत्नी आरजु राणा देउवा आज स्वदेश फर्किन लागेका हुन् । यद्यपि, फर्किने समय भने खुलाइएको छैन।
जेनजी आन्दोलनका क्रममा घाइते भएका उनीहरू उपचारका लागि भन्दै कार्तिक १० गते सिंगापुरतर्फ प्रस्थान गरेका हुन्।
२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक भएको थियो।
सोही बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारीसमेत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।