रियो दि जेनेरियो (एजेन्सी)– केही समयअघि ब्राजिलका सुपरस्टार नेइमारको प्रेमिका मोडल तथा नायिका ब्रुना माक्र्युजिनसँग सम्बन्ध टुटेको खबर बाहिरिएको थियो । यो खबरले नेइमारका विश्वभरका समर्थकका साथै पूरै ब्राजिलीलाई स्तब्ध तुल्याएको थियो । ब्राजिलमा नेइमार–ब्रुनाको जोडीलाई सबैभन्दा बढी रुचाइएको थियो।
नेइमारले आफ्नो प्रेमसम्बन्धलाई जोगाउन भरमग्दुर प्रयास गरेका थिए । उनले ब्रुनासँग विवाहको प्रस्ताव समेत गरेका थिए । तर, चञ्चले स्वभावका नेइमारलाई ब्रुनाले पत्याइनन् । बन्दै–बिग्रिँदै गरेको उनीहरुको सम्बन्ध पुनः टुटेको थियो।
अहिले यो जोडीलाई सँगै भएको देख्न चाहनेहरुका लागि फेरि खुसीको खबर बाहिर आएको छ । यसै साता अभिनेत्री मारिना रुया बार्बोसाको विवाहमा नेइमार र ब्रुनाको भेट भएको थियो । बार्बोसा दुबैको निकट मित्र हुन्।
त्यसबेला उनीहरुबीच जम्काभेट मात्र भएन, राति अबेरसम्म दुवैले सँगै समय गुजारेका थिए । उनीहरु धेरै पटक अकंमाल गर्दै गरेको पनि भेटिए।
नेइमार र ब्रुनाको प्रेमसम्बन्ध २०१३ देखि सुरु भएको थियो।
नेइमारले यसै वर्ष अर्जेन्टिनाको रोसारियोमा बार्सिलोनाका सुपरस्टार लिओनल मेसीको विवाहमा आफूसँगै ब्रुनालाई पनि लैजान खोजेका थिए । तर, उनले अस्वीकार गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।