• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २८, २०८२ Fri, Nov 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीले व्यापक छापामारी

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २८, २०८२  १२:०७
1140x725

एजेन्सी– भारतको राजधानीमा एक दशकभन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट भएको केही दिनमै भारतीय प्रहरीले विवादित काश्मीरमा प्रतिबन्धित इस्लामवादी राजनीतिक पार्टीलाई लक्षित गर्दै व्यापक छापा मारेको छ ।

सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो। प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि नभए पनि सरकारले यस घटनालाई ‘जघन्य आतङ्ककारी कृत्य’ भन्दै ‘राष्ट्रविरोधी शक्तिहरू’ जिम्मेवार रहेको टिप्पणी गरेपछि सुरक्षा कडाइका नयाँ कदमस्वरूप छापा सुरु गरिएको बताइएको छ।

भारत प्रशासित काश्मीरका विभिन्न जिल्लामा बुधबारदेखि धेरै स्थानमा छापामारी गरिएको जिल्ला प्रहरीले जनाएको छ। काश्मीर क्षेत्र सन् १९४७ मा ब्रिटिस शासनबाट दुवै देश स्वतन्त्र भएयता भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले यस हिमाली क्षेत्रमाथि पूर्ण दाबी गर्दै आएका छन्। नयाँदिल्ली–इस्लामाबादबीच तनाव निरन्तर उच्च छ।

अवन्तीपोर, बन्दिपोर, गान्दरबल, शोपियाँ र सोपोरलगायत जिल्लाका प्रहरी कार्यालयहरूले जारी गरेका विज्ञप्तिका अनुसार यी छापाहरू जमात–ए–इस्लामी (जेइआई) लाई लक्षित थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको हिन्दू–राष्ट्रवादी सरकारले सन् २०१९ मा जेइआई–कश्मीर शाखालाई ‘गैरकानूनी सङ्गठन’ घोषणा गरी प्रतिबन्ध लगाएको थियो।

अवन्तीपोर प्रहरीले जारी गरेको विज्ञप्तामा ‘आतङ्कवादी इकोसिस्टम र त्यसलाई समर्थन गर्ने संरचना नष्ट गर्न’ धेरै ठाउँमा ‘लार्ज–स्केल अपरेसन’ चलाइएको उल्लेख छ। बन्दिपोर प्रहरीले ‘आपत्तिजनक सामग्री’ जफत गरेको जनाएको छ भने सोपोर प्रहरीले ३० भन्दा बढी स्थानमा खोजी गर्दै ‘जमात–ए–इस्लामी–सम्बन्धित नेटवर्कहरू विरुद्ध ठूलो अपरेसन’ गरेको बताएको छ।

Ncell 2
Ncell 2

यससँगै, राजधानी दिल्लीको दक्षिणी बाहिरी क्षेत्रमा पर्ने फरीदाबादस्थित अल–फलाह विश्वविद्यालयमा पनि छापामारी गरिएको छ। सुरक्षा बलहरूले शुक्रबार काश्मीरको पुलवामा जिल्लामा एउटा घर ध्वस्त पारेका छन्। यद्यपि प्रहरी पक्षबाट यसबारे औपचारिक टिप्पणी आएको छैन। अघिल्ला घटनाहरूमा कानून कार्यान्वयन निकायहरूले आक्रमणमा संलग्न भएको आरोपितहरूका संरचना नष्ट गर्ने गरेको इतिहास छ।

सोमबारको विस्फोटको अनुसन्धान भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले नेतृत्व गरिरहेको छ। सरकारले ‘अपराधीहरू, तिनका सहयोगी तथा प्रायोजकहरूलाई’ न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ। तर अहिलेसम्म यो आक्रमण स्वदेशी समूहले गरेको हो वा विदेशी समन्वय थियो भन्नेबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।

भारतीय मिडियाले नोभेम्बर १० मा पक्राउ परेका व्यक्तिहरूको शृङ्खलालाई विस्फोटसँग जोडेर व्यापक रूपमा समाचार प्रसारण गरेका छन्। ती व्यक्तिहरू पाकिस्तानमा आधारित अल–कायदासँग सम्बन्धित जैश–ए–मोहम्मद (जेएम) तथा यसको काश्मीर शाखा अन्सार गजवत–उल–हिन्दसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।

काश्मीर प्रहरीले सोमबारै दिएको भनाइमा विस्फोटभन्दा केही समयअघि गरिएको पक्राउले ‘पाकिस्तान तथा अन्य देशबाट सञ्चालित कट्टरपन्थी पेशेवर तथा विदेशी ह्यान्डलरहरूसँग सम्पर्कमा रहेका विद्यार्थीहरू समावेश भएको सेतो–कलर आतङ्ककारी इकोसिस्टम’ फेला परेको दाबी गरेको थियो।

यसअघि अप्रिल २२ मा भारत प्रशासित काश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना मुख्यतया हिन्दू नागरिक मारिएका थिए। त्यसपछि भारत–पाकिस्तानबीच तीव्र तनाव उत्पन्न भएको थियो। सोमबारको दिल्ली विस्फोट त्यसयताकै सबैभन्दा गम्भीर सुरक्षा घटना मानिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै
पदमुक्त भएका मधेशका ५ सांसदले मागे बैठकमा उपस्थित हाजिरी रेकर्ड
अब हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने
सम्बन्धित सामग्री
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीले व्यापक छापामारी सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो। प्रहरीको पछिल्लो अपरेसन सो... शुक्रबार, कात्तिक २८, २०८२
श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ उनले पत्रकारहरूलाई नौसेनाले भारततीय माझिहरुले माछा मार्नका लागी प्रयोग गरेका ४१ वटा माछा मार्ने डुङ्गाहरूसमेत जफत गरेको उल्लेख गरेका... बिहीबार, कात्तिक २७, २०८२
फिलिपिन्समा  चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे चक्रवातका कारण अधिकाशं मृत्यु सेबु प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जुन सेप्टेम्बर– ३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पबाट पनि धेर... बुधबार, कात्तिक २६, २०८२
ताजा समाचारसबै
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै शुक्रबार, कात्तिक २८, २०८२
पदमुक्त भएका मधेशका ५ सांसदले मागे बैठकमा उपस्थित हाजिरी रेकर्ड शुक्रबार, कात्तिक २८, २०८२
अब हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने शुक्रबार, कात्तिक २८, २०८२
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीले व्यापक छापामारी शुक्रबार, कात्तिक २८, २०८२
सुनको मूल्य सामान्य घट्यो शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल बिहीबार, कात्तिक २७, २०८२
नेपालको विजयी सुरुवात बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्