काठमाडाैं– नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी हो भन्ने बुझाइ गलत बुझाइ भएको बताएका छन्।
_x000D_
_x000D_
६३ औं प्रहरी दिवसको अवसरमा बोल्दै महानिरीक्षक खनालले समाजमा रहेका अपराध नियन्त्रण र सुरक्षा प्रत्याभूतिमा प्रहरीको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई सघाउन सबै जनतालाई आग्रह गरे।
_x000D_
_x000D_
जनताको जीउ धनको सुरक्षा गर्ने प्रहरी ड्युटीमा प्रतिवद्ध भई लागेकाले देशमा शान्तिसुरक्षाको अवस्था निकै राम्रो भएको बताए।
_x000D_
_x000D_
गतवर्षको तथ्यांक अनुसार ९० प्रतिशत अभियुक्तलाई पक्राउ गरी अनुसन्धान दायरामा ल्याउन सफल प्रहरी प्रशासनले जघन्य अपराधलाई न्यूनिकरण गर्नमा प्रयत्नशील भएको दाबी गरे।
_x000D_
_x000D_
‘देश र जनताको खातिर प्रहरीले गरेको योगदानलाई कदर गरिनुपर्छ,’ आइजिपी खनालले भने। एक दुई वटा असफलताले सम्पूर्ण प्रहरी प्रशासनको मूल्यांकन गरिनु नहुने भन्दै प्रहरीको मूल्याकंन गुण दोषको आधारमा गरिनुपर्ने बताए।
_x000D_
_x000D_
पछिल्लो समय प्रविधिका कारण अपराधको प्रकृति पनि फरक किसिमले मौलाएको हुँदा संगठन सीमित स्रोतका हुनाले अनुसन्धानमा चुनौती थपिएको बताए।
_x000D_
_x000D_
‘प्रविधिको कारण अपराध अकल्पनीय र जटिल हुँदै गइरहेको छ, यसरी आम नागरिकको अपेक्षा र साधनको ग्यापको कारण प्रहरीमा चुनौती थपिएको छ,’उनले भने,‘ अब टेक्नोलोजी पोलिसीको विकास गरिनुपर्छ, संगठनसँग सद्भावपूर्ण सहकार्य गरिनुपर्छ।’
_x000D_
_x000D_
अइजिपी खनालले अनुसन्धानमा सीमा समय तोकिनु र भारतसँगको खुल्ला सिमाना पनि चुनौती देखिएको बताए।
_x000D_
_x000D_
हिमाली भेगमा चिसोको समयमा १८ घण्टा ड्युटी गर्ने संगठनकै प्रहरी भएको जनाउँदै सोही अनुरुपको काम गर्ने वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।