काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
कवीर सोप अध्यक्ष रहेको र चुनाव चिह्न जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। आयोगले दर्ता गरेर दल दर्ताको प्रमाणपत्र दिएको हो।
योसँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलको संख्या पाँच पुगेको छ। यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सीके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन्।
आयोगका अनुसार कुल दर्ता दलको संख्या १२६ छ। नयाँ दर्ताका लागि निवेदन दिने दलको संख्या २९ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।