काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चुनावअघि विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।
केन्द्रीय समितिको जारी बैठकमा मंगलबार धारणा राखेका कार्कीले चुनावअघि गरिने विशेष महाधिवेशनलाई नीति महाधिवेशन बनाउन प्रस्ताव गरे।
कार्कीले नेतृत्व नफेर्ने गरी विशेष नीति महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्। उनले चुनावपछि नियमित महाधिवेशन गर्न सकिने बताएका छन्।
"५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको परिस्थितिमा चुनावअघि विशेष महाधिवेशन गरौँ। त्यो विशेष महाधिवेशन नीति महाधिवेशनका रूपमा गरौँ," कार्कीले भने, "हामीले लिने शिक्षा, स्वास्थ्य, सन्तुलित कूटनीतिसहितका तमाम विषयमा धारणा बनाऔँ।"
कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर चर्को मतभेद छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।