इलाम– इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन सुरु गरेको छ।
_x000D_
_x000D_
इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलाबाट सञ्चालित आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको हो।
_x000D_
_x000D_
उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ। इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन्।
_x000D_
_x000D_
निर्माण भएको सुपरमाई हाइड्रोको परीक्षण उत्पादनसँगै केन्द्रीय प्रसारण लाइनमा अब सात दशमलव ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ।
_x000D_
_x000D_
सात दशमवल ८ मेगावाट उत्पादन क्षमता रहेको यस हाइड्रोले परीक्षण उत्पादन सुरु गरेको आयोजनाका प्रबन्धक निर्देशक माधवप्रसाद मैनालीले जानकारी दिए।
_x000D_
_x000D_
विसं २०७३ चैत महिनादेखि निर्माण सुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महिना अगावै विद्युत् उत्पादन गर्न सुरु गरेको हो। ड्राइ टेष्ट सुरु गरेको उक्त आयोजनाले अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।