• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकामा संघीय सटडाउन अन्त्यको संकेत

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २४, २०८२  ११:१२
1140x725

एजेन्सी– संयुक्त राज्य अमेरिकामा ४० दिनदेखि जारी संघीय सटडाउन अन्त्य हुने संकेत देखिएको छ।

सिनेटले सरकार पुनः सञ्चालन गर्नका लागि नयाँ सम्झौता गर्दै आइतबार राति हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित विधेयक अघि बढाउने तयारी गरेको रोयटर्सले जनाएको छ ।

नयाँ सम्झौता अनुसार  यो विधेयक संशोधन गरी सन् २०२६ जनवरीसम्मको अस्थायी खर्च व्यवस्था र तीनवटा पूर्ण वार्षिक बजेट विधेयकसँग संयोजन गरिनेछ। संशोधित प्याकेज सदनले पुनः पारित गरी राष्ट्रपतिको हस्ताक्षरका लागि पठाउनुपर्नेछ, जसका लागि केही दिन लाग्न सक्छ।

सिनेट सदस्यहरूले आइतबार राति सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) बाट पारित भएको विधेयकमा मतदान गर्ने अपेक्षा गरिएको   छ । सम्झौता सम्बन्धी वार्तामा संलग्न स्रोतका अनुसार, कम्तीमा आठ डेमोक्र्याट सिनेटरहरूले उक्त प्रस्तावमा समर्थन गर्ने सम्भावना छ जसले रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटमा विधेयक पारित गर्न पर्याप्त मत सुनिश्चित गर्नेछ।

सम्झौताअनुसार, रिपब्लिकनहरूले डिसेम्बरमा ‘अफोर्डेबल केयर एक्ट’ (ओबामाकेयर) अन्तर्गतका स्वास्थ्य बीमा सब्सिडी विस्तार गर्ने प्रस्तावमा मतदान गर्न सहमति जनाएका छन्। यी सब्सिडीहरू डेमोक्र्याटहरूको मुख्य प्राथमिकता रहेका छन्।

प्रस्तावले ट्रम्प प्रशासनले सटडाउनका क्रममा गरेका संघीय कर्मचारीहरूका सामूहिक बर्खास्तीहरू आंशिक रूपमा उल्ट्याउने र एक वर्षका लागि ‘सप्लिमेन्टल न्यूट्रिशन असिस्टेन्स प्रोग्राम’ का लाभहरूलाई निरन्तरता दिनेछ।

यो सम्झौता न्यू ह्याम्पसायरका दुई डेमोक्र्याट सिनेटर म्यागी हासन र जिन शिहिन तथा मेनका स्वतन्त्र सिनेटर एङ्गस किङले मिलेर तयार गरेको जनाइएको छ। तर सिनेटका शीर्ष डेमोक्र्याट नेता चक शुमरले भने यस विधेयकविरुद्ध मतदान गर्ने बताएका छन्।

रिपब्लिकन सिनेटर थोम टिलिसले भने, “बाहिरी तापक्रम घट्दै जाँदा र दबाब बढ्दै जाँदा देखिन्छ, अब कुरा मिल्ने दिशामा छ,” भन्दै सहमतिको सम्भावना देखिएको टिप्पणी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

व्हाइट हाउसका आर्थिक सल्लाहकार केभिन हासेटले भने, 'यदि सरकार अझ लामो समय बन्द रह्यो भने चौथो त्रैमासिकमा आर्थिक वृद्धि नकारात्मक हुन सक्छ ।'    

सटडाउनका कारण  हजारौं संघीय कर्मचारी बेरोजगार बनेका छन्, खाद्य सहायता ढिलो भएको छ र हवाई यातायात अव्यवस्थित बनेको छ ।  

ट्रम्पको स्वास्थ्य नीति प्रस्तावले विवाद बढायो

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पुनः स्वास्थ्य बीमा सब्सिडी हटाएर ती रकम प्रत्यक्ष रूपमा जनतामा वितरण गर्ने प्रस्ताव अघि सारेका छन्।

ओबामाकेयर अन्तर्गत सन् २०२१ देखि लागू सब्सिडीले स्वास्थ्य बीमा योजना प्रयोगकर्ताको संख्या २४ मिलियनमा दोब्बर पुर्‍याएको छ। तर ट्रम्पले यी सब्सिडीलाई 'बीमा कम्पनीहरूको लाभ र अमेरिकी जनताको लागि विपत्ति' भन्दै आलोचना गरेका छन्।

ट्रम्पका सहयोगी तथा ट्रेजरी सचिव स्कट बेसन्ट र सिनेटर लिण्डसे ग्राहमले  यो प्रस्ताव सरकार पुनः खुलेपछि मात्र छलफलमा आउने बताए ।

यसैबीच, स्वास्थ्य विज्ञहरूका अनुसार सन् २०२६ का लागि ओबामाकेयर योजना लिन चाहने अमेरिकीहरूका लागि औसत मासिक प्रिमियम दोब्बर हुने अनुमान गरिएको छ, किनभने महामारीकालीन सब्सिडीहरू यस वर्षको अन्त्यमा समाप्त हुँदैछन्।

गत शुक्रबार रिपब्लिकनहरूले सिनेटमा डेमोक्र्याट नेता चक शुमरको प्रस्ताव अस्वीकार गरेका थिए । जसले सटडाउन अन्त्यको सर्तमा एक वर्षका लागि कर क्रेडिट विस्तार गर्ने माग गरेको थियो।

डेमोक्र्याट सिनेटर एडम शिफले भने ट्रम्पको प्रस्ताव ओबामाकेयर नष्ट गर्ने र बीमा कम्पनीहरूलाई पूर्व-रोग भएका व्यक्तिहरूको बीमा अस्वीकार गर्ने शक्ति दिने उद्देश्यले आएको आरोप लगाए।

'ट्रम्प जुन कम्पनीहरूलाई दोष दिइरहेका छन्, त्यही कम्पनीहरूलाई अझ शक्ति दिन खोज्दैछन् जसले मानिसहरूका बीमा नीति रद्द गर्न सक्छन्,' शिफले भने।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड
सम्बन्धित सामग्री
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान अमेरिकी थिंक ट्यांक फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्स (FAS) को २०२६ को अनुमानअनुसार भारतसँग हाल करिब १९० परमाणु वारहेड छन्। भारतले आगा... बिहीबार, भदौ २५, २०८३
शेख हसिनाकी छोरीले दिइन् डब्ल्युएचओको क्षेत्रीय निर्देशक पदबाट राजीनामा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदले पदबाट राजीनामा दिएकी छन्। उनी बंगलादेशकी... बिहीबार, भदौ २५, २०८३
जर्मनीमा दक्षिणपन्थी लहरको नेतृत्व गर्ने वीडल : आफैं ‘लेस्बियन’, पार्टी समलैंगिक विवाहविरोधी जर्मनीको स्याक्सोनी–आनहाल्टमा सेप्टेम्बर २०२६ मा भएको चुनावमा अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ठूलो सफलता हासिल गरेको छ। दोस्रो विश्व... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो शुक्रबार, भदौ २६, २०८३
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना शुक्रबार, भदौ २६, २०८३
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार, भदौ २६, २०८३
भोटेकोसी विपदपछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर शुक्रबार, भदौ २६, २०८३
रसुवा बाढी : उद्धार टोली चिलिमे टनेलभित्र प्रवेश गर्ने अवस्थामा शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्