धनुषाधाम – मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरू आगामी रणनीति तय गर्नका लागि छलफलमा जुटेका छन्।
प्रदेश प्रमुख भण्डारीले संविधानलाई मिचेर एमालेका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बाँकी दलहरू असन्तुष्ट बनेका हुन्।
सोही असन्तुष्टि र प्रदेश प्रमुखको कदमविरुद्ध आगामी रणनीति बनाउन अहिले दलहरू छलफलमा जुटेका हुन्। छलफलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ९जसपा० नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलहरू सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।