काठमाडौँ– मधेश प्रदेशमा निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले मधेशका जनतामा माथि प्रदेश प्रमुखले धोका दिएको प्रतिक्रिया दिएका छन्।
उनले केहीबेरअघि फेसबुकमा सानो भिडियो क्लिप राख्दै भनेका छन्, ‘मधेश प्रदेशको जनतासँग धोका भयो।
विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। सोनलले प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको आरोप लगाएका छन्। तर, बिचबाटोमा नै उनले यादवलाई शपथ गराएको उनको भनाई छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेस प्रदेशको जनतासँग धोका भयोत्त् स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरी को सिमानाको एउटा होटेलमा प्रदेश को अस्मितालाई समाप्त पार्ने खेल गरिन्। एक त महिला अर्को स्वास्थ्य को कुरा गरिन्।’
उपचारका लागि काठमाडौँ जाने भन्दै सोमबार बिहान सोनलले नै प्रदेश प्रमुख भण्डारीलाई बिदाइ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।