काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन्।
आइतबार वर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डे लगायतका नेताहरू दल दर्ताका लागि आयोग पुगेका हुन्।
केही दिन अघि नेकपा माओावादी एकीकृत समाजवादीसहित १० बाम घटकहरुले पार्टी एकताको घोषणा गरेका थिए। पार्टी एकताको घोषणासँगै नयाँ दलको घोषणा गरेर नेपाली कम्युनिस्ट पार्टी राखेका थिए।
वर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डे लगायतका नेताहरु दल दर्ताका लागि आयोग पुगेका हुन्। यसअघि २० गते नै नेकपाले दल दर्ताका लागि निवेदन दिइसकेको थियो। आज १० दलका नेताहरु दल दर्ताका लागि आवश्यक कागजात बोकेर आयोगमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।