काठमाडौं– नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठकमा ४ नेताले राखेको फरक मतप्रति ऐक्यवद्धता जनाएका छन्।
_x000D_
_x000D_
काफ्लेले विज्ञप्तिमार्फत संस्थापन पक्षलाई इन्गित गर्दै नेविसंघ केन्द्रिय समितिले पेस गरेको सर्वसम्मत विधानलाई पार्टीको मूल नेतृत्वले लत्याउँदै बहुमतको दम्भ देखाएको आरोप लगाएका छन्। ‘आफू अनुकूलको व्यक्तिलाई स्थापित गराउने उद्देश्यले चालेको कदम घोर आपतिजनक छ।’, विज्ञप्तिमा भनिएको छ।
_x000D_
_x000D_
नेविसंघले पेस गरेको विधान पास गरी १२औं महाधिवेसन गरिनुपर्नेमा पार्टीको संस्थापन पक्षले अन्यथा गरेको जनाइएको छ। उनले बहुमतको आधारमा गरिएको निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेर ४ शीर्ष नेताले गरेको कार्यप्रति खुसी व्यक्त गरेका छन्।
_x000D_
_x000D_
आइतबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा उमेर हद ३२ वर्ष कायम गर्ने बहुमतको निर्णयको विरोधमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नेता अर्जुन नरसिंह केसीले फरक मत राखेका थिए।
_x000D_
_x000D_
विज्ञप्तिमा ‘कम्युनिष्ट सरकारको अतिवादको विरुद्ध लड्नुपर्ने यस समयमा नेपाली कांग्रेसले कस्तो चरित्र प्रदर्शन गरिरहेको छ?’ भन्दै प्रश्न गरिएको छ। नेपाली कांग्रेसको गतिविधि लोकतान्त्रिक र सामाजिक न्यायमा आधारित रहे÷नरहेको जनताले नजिकबाट मूल्याङ्कन गरिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।