काठमाडौ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दुई तिहाईको सरकारलाई अप्ठयारो परिस्थितिमा आएको बताएका छन्।
_x000D_
_x000D_
पाथिभरा सद्भावना दूत परिचयपत्र वितरण कार्यक्रममा कोइरालाले भने 'सरकारले सुशासनको प्रत्याभुति गराउन सकेको छैन। प्रदेशका मुख्यमन्त्रीहरुको असन्तुष्टिसमेत सुनिएको छैन। तर कुनै पनि बहानामा फेल हुने छुट सरकारलाई छैन।'
_x000D_
_x000D_
नेता कोइरालाले महंगी बढेको प्रति मन्त्रीहरुको अभिव्यक्ति हलुका भएको टिप्पणी गरे। महंगी बढ्नु पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि मात्रै कारण नभएको बताएका काेइरालाले चिनी प्रर्याप्त भएपनि चिनीको मूल्य बढेको भन्दै आपूर्तिमन्त्रीको अभिव्यक्तिको अालाेचना गरे। आपुर्ति मन्त्रीको अभिव्यक्ति स्मरण गर्दै उनले भने ‘नेपालमा दुइ लाख ८० हजार टन चिनी खपत हुन्छ। चार लाख टन चिनी छ भनेर मन्त्रीज्यू भन्नुहुन्छ तर किन बढिरहेको छ मुल्य? उनले प्रश्न गरे।
_x000D_
_x000D_
नीतिगत र अन्य क्षेत्रमा भ्रष्टचार बढेको उनले औंल्याए । दण्डहीनताले प्रश्रय पाएकाले बलात्कारका घटना आकासिएको उनको दाबी थियो। नेकपाको ‘सुखी नेपाली,समृद्ध नेपाल’ नारा राम्रो भएपनि कार्यान्वयनलाई समय लाग्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।