काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । यससँगै कार्कीको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।
शीतल निवासमा आयोजित एक समारोहबीच स्वास्थ्यमन्त्रीमा नियुक्त डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।
अन्तरिम प्रधानमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्ति गर्न तयार गरे पनि श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनार र भूमिमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ विवादमा मुछिएपछि केही बेरअघि सूचीबाट नाम हटाएर २ जनालाई मात्र शपथ गराइएको हो ।
योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।