काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुनेछ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए ।
यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्ने निर्णय गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।