काठमाडौं– गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजार भन्दा बढी कैदीबन्दीको विवरण सार्वजनिक भएको छ ।
कारागार व्यवस्थापन विभागले आइतबार आफ्नो आधिकारिक वेबसाइटमार्फत फरार रहेका ६ हजार ५१६ कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गर्दै उनीहरूको खोजी र नियन्त्रणका लागि देशभरका सबै सरकारी निकायरूलाई सक्रिय हुन निर्देशन सूची सार्वजनिक भएको विभागले जनाएको हो ।
सार्वजनिक सूची अनुसार ५ हजार ८६८ जना नेपाली, ५४० जना भारतीय र १०८ जना भारतीय बाहेक विदेशी कैदीबन्दी फरार रहेका छन् । गृह मन्त्रालयले आइतबारकै मन्त्रीस्तरीय निर्णय अनुसार यो सूचना प्रकाशित भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।