काठमाडौं– नेकपा एमालेले पार्टीको महाधिवेशन गर्ने, संसद् पुनस्थापना लागि नेतृत्व लिन र अहिले भएको प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय गरेको छ ।
तीन दिनदेखि जारी पदाधिकारी बैठकले यी विषय पार्टीको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जनाए ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्नै नेता ज्ञवालीले यही २९,३० र ३१ गते हुने केन्द्रीय कमिटी बैठकमा यी एजेन्डा लैजाने निर्णय भएको जनाएका हुन् । उनले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको कुनै वातावरण नभएको जनाए ।
‘सरकार चुनाव गराउने बाटोमा छैन, सरकार चुनावका लागि तयारी नै छैन । प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् । चौकीहरू पुनस्थापना भएको छैन’ कसरी चुनाव हुनसक्छ ?’ उनले भने–‘केन्द्रीय बैठक २९, ३० र ३१ गते बस्नेछ त्यसमा हामीले लगेका एजेन्डामा छलफल हुनेछ चुनावको पूर्वतयारी नै भएको छैन, दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ ? निर्वाचनको आत्मा मरिरहेको छ कसरी हुन्छ चुनाव ? अहिलेका गतिविधि चुनाव लक्षित छैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।